Main News

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा पदबाट राजीनामा

हिमालय टिभी
२०७८ कार्तिक १५ गते १९:२७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा पदबाट राजीनामा

१५ कात्तिक २०७८ कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्रिपरिषद बैठकपछि पत्रकार सम्मेलन गरी शाहीले राजीनामा घोषणा गर्नुभएको हो । सत्ता गठबन्धन दल नेपाली कांग्रेससँग भएको सहमति अनुसार राजीनामा दिएको शाहीले बताउनुभयो ।

कांग्रेस र माओवादी केन्द्रबीच कार्यकाल आधा–आधा बाँडफाँटको सहमति अनुसार शाहीले राजीनामा दिनुभएको हो । एमाले र माओवादी केन्द्र व्यूँतिएपछि कर्णाली प्रदेशमा शाही अल्पमतमा पर्नुभएको थियो ।

पाँच राजनीतिक दलको गठबन्धन बनेपछि उहाँले कांग्रेसको साथ पाउनुभएको थियो ।

मुख्यमन्त्री शाहीले राजीनामा आजै प्रदेश प्रमुखलाई बुझाउने तयारी गर्नुभएको छ । कर्णाली प्रदेशका ३ मन्त्रीहरुको पनि आजैबाट पदावधि सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *