Main News

लचिलो बन्दै प्रधानन्यायाधीश जबरा, बहिर्गमनको मोडालिटीको खोजी शुरु

हिमालय टिभी
२०७८ कार्तिक १५ गते १८:५६
लचिलो बन्दै प्रधानन्यायाधीश जबरा, बहिर्गमनको मोडालिटीको खोजी शुरु

१५ कात्तिक २०७८ काठमाडौं । न्यायाधीशहरुको माग सम्बोधन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लचिलो बन्नुभएको छ ।

सर्वोच्च अदालतमा आज भएको वार्तामा प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुसँग आफ्नो सम्मानजनक बहिर्गमनका लागि मोडालिटी दिन आग्रह गर्नुभएको थियो । त्यही मोडालिटीमा प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल भएको छ ।

राणाले अहिलेकै अवस्थामा राजीनामा नदिने तर, सम्मानजनक बहिगर्मनका लागि तयार रहेको बताएको सहभागी एक न्यायाधीशले जानकारी दिएका छन् ।

न्यायाधीशहरुले हिजो मात्र प्रधानन्यायाधीशसँग वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेका थिए । त्यै टोलीले आज प्रधानन्यायाधीश राणासँग छलफल गरेको हो । राणाले सम्मानजनक बहिर्गमनका लागि मोडालिटी दिन आग्रह गरेपछि अब वार्ता टोलीले अन्य न्यायाधीशसँग छलफल गर्ने छन् ।

न्यायाधीश र कानून व्यवसायीको विरोधपछि लचिलो बनेका राणाले आजै न्यायाधीशहरुको माग अनुसार आफ्नो इजलास नराखी बन्दिप्रत्यक्षीकरणको सुनुवाइका लागि ६ वटा इजलास मात्र तोक्नुभएको थियो ।

त्यसपछि आफ्नो पहिलो सर्त पूरा भएको भन्दै न्यायाधीशहरुले ६ वटा पेशी हेरेका थिए । नेपाल बार एशोसिएशनले भने हिजो जस्तै आज पनि राणाको राजिनामा माग्दै सर्वोच्चमा धर्ना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *