Main News

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

हिमालय टिभी
२०७८ कार्तिक १५ गते १४:४२
प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

१५ कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएकोछ ।

आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन हुने दिन आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गर्नुभएको हो ।

यसअघि प्रदेशसभा बैठकमा फेश गर्ने बताउँदै आएका आचार्यले विश्वासको मत पुग्ने कुनै आधार नभेटेपछि राजीनामाको घोषणा गर्नुभएको हो ।

पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिई एमालेमै रहेपछि आचार्यलाई भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री हस्तान्तरण गर्नुभउको थियो । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । कुल ९२ सांसद रहेको प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् ।

एकीकृत समाजवादीसँग १० सांसद छन् । एकीकृत समाजवादीकै नेतृत्वमा सरकार गठन गर्न विपक्षी गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहमत बनेका छन् । कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५ र जसपासँग ३ सांसद रहेका छन् ।

प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । पाँच गठबन्धनले नेकपा एकृकीत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

आचार्यको राजीनामासँगै सातै वटै प्रदेशमा एमाले प्रतिपक्षी दल बनेको छ । ७४ सालको चुनावपछि संघीय सरकारसहित ६ वटा प्रदेशमा तत्कालीन नेकपाले नेतृत्व गरेको थियो । जसमा ४ वटा मुख्यमन्त्री एमालेले पाएको थियो । तर अब एमाले संघ र प्रदेश सबैतिर प्रतिपक्षी दल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *