प्रदेश एकका मुख्यमन्त्री आचार्यले राजीनामा दिँदै, अब एमाले सबै प्रदेशमा प्रतिपक्ष

१५ कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको अघि नै राजीनामा दिँदै हुनुहुन्छ । गण्डकी र बागमतीपछि प्रदेश १ मा आचार्य नेतृत्वको एमाले सरकार ढल्ने लगभग निश्चित छ ।
प्रदेश सभाले तयार पारेको कार्यसूची अनुसार मुख्यमन्त्री आचार्यले अविश्वासको मत सम्बन्धी प्रस्तावमा निर्णयार्थ पेश गर्नुहुने छ । तर आचार्यले संसदमा सम्बोधन गर्दै राजीनामा दिने मनस्थिति बनाउनुभएको हो ।
अहिले संसदमा विश्वासको मत लिने कार्यसूची छ । कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने तय भएको थियो । तर, आफ्ना केही सांसदले आचार्यलाई मत दिने सूचना पाएपछि कांग्रेसले अन्य बाहनामा बैठक रोक्न आग्रह गरेको थियो ।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । हिजो बसेको विपक्षी गठबन्धनको बैठकमा सबैभन्दा ठुलो दल कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै राईको सत्तारोहण लगभग निश्चित देखिन्छ ।
९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन ।
नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ जना सांसद रहेका छन् । एक सिट भएको राप्रपाले भने तटस्थ बस्ने निर्णय गरेको छ ।
प्रतिक्रिया