Main News

देशभरका अधिकांश भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ कार्तिक १५ गते ९:३८
देशभरका अधिकांश भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

१५ कात्तिक २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा मौसम सफा रहने बताएको छ ।

महाशाखाका अनुसार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज बिहान सार्वजनिक गरेको बुलेटिन अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

देशका पहाडी भु–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महााशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *