Main News

बारले सुरु गर्‍याे प्रधानन्यायाधीशविरुद्ध आन्दाेलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १४ गते २१:००
बारले सुरु गर्‍याे प्रधानन्यायाधीशविरुद्ध आन्दाेलन (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७८ काठमाडौं । न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एशोसिएशनले आन्दोलन थालेको छ । बारको आन्दोलनअघि गत हप्तादेखि नै सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गरेका थिए । जसका कारण एक हप्तादेखि सर्वोच्च अदालतबाट कुनै फैसला भएका छैनन् । यसले सेवाग्राही मारमा छन् ।

उहाँ हुनुहुन्छ, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर दुईका विधान केसी । उहाँ स्कूल छाडेर वर्षौँदेखि आमाको हात समातेर न्याय खोज्न सर्वोच्च अदालत धाइरहनु भएको छ । अंश मुद्दामा एक वर्षदेखि तर अदालत धाएका उहाँले न्याय पाउन सक्नु भएको छैन ।

विधान र उहाँकी आमा लक्ष्मी दिनहुँ न्यायका लागि अदालत धाइरहनुहुन्छ । श्रीमानबाट अंशको नाममा जग्गा लिएर उनै विधानलाई घर बनाइदिने सपना छ– लक्ष्मीको । तर अदालत धाउँदाधाउँदा उहाँको ऋण धान्न नसक्ने भएको छ ।

यतिबेला अनेक काम छाडेर अदालत धाउने हजारौं अदालतको रमिता देखेर निराश छन् । अदालत धाउँदा हैरान भएका उनीहरुका लागि अदालतको परिभाषा नै फेरिएको छ ।

न्याय माग्न आउनेहरुले फैसला मात्रै खोजेर सच्चा न्याय नपाएको अधिवक्ताकै भनाइले न्यायालयले निर्णय दिने कि न्याय भन्ने प्रश्न उठेको छ।

पछिल्लो समय न्यायालयभित्र देखिएको विवादले जटिल रुप लिँदै गएको छ । जसले गर्दा न्यायका लागि वर्षौदेखि अल्झिएका सामान्य नागरिकका समस्या भने लुक्दै जाने र समयमै समाधान नहुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *