इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

१४ कात्तिक २०७८ काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको कार्यालयमा मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको हो । सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिनुपर्ने माग क्रान्तिकारीको छ ।
सरकारले मूल्यवृद्धिको निर्णय फिर्ता निलिए देशभर आन्दोलन गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।
नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, मट्टीतेल र डिजेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ । ग्यासमा भने ५० रुपैयाँ मूल्य बढेको छ । सरकारले पेट्रोलियम पदार्थमा घाटा व्यहोरेको भन्दै मूल्यवृद्धि गरेको बताएको छ ।
प्रतिक्रिया