Main News

सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको अन्तरिम आदेश

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १८:१९
सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमै फर्काउन सर्वोच्चको अन्तरिम आदेश

१४ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सेनाका एक कर्मचारीमाथि लागेको मुद्दा जिल्ला अदालतमै फर्काउन अन्तरिम आदेश दिनुभएको छ ।

न्यायाधीशहरुको इजलास बहिष्कारकैबीच आफ्नो एकल इजलासबाट प्रधानन्यायाधीश राणाले चितवन जिल्ला अदालत र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार भन्दै पठाएको मुद्दा जिल्ला अदालतमै फर्किने आदेश दिनुभएको हो ।

कर्तव्य ज्यान मुद्दा खेपेका सैन्य कर्मचारीको मुद्दा नियमित अदालतले नै हेर्नुपर्ने माग गर्दै रिट दायर भएको थियो । महान्यायाधिवक्ताको कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिनुभएको हो ।

प्रधानन्यायाधीश राणाले आज १० वटा इजलासमा २ सय ४८ पेशी तोक्नुभएको थियो । उहाँले आफ्नो एकल इजलासमा दुईवटा मुद्दा राख्नुभएको थियो ।

एउटामा अन्तरिम आदेश भयो भने अर्को हेर्दाहेर्दैमा रहेको छ । अन्य न्यायाधीशहरुले आज पनि इजलास बहिष्कार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *