Main News

प्रधानन्यायाधीशको राजीनामा माग्दै बार आन्दोलनमा, सर्वोच्चमा एक घण्टा कालोपट्टिसहित धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १४:०१
प्रधानन्यायाधीशको राजीनामा माग्दै बार आन्दोलनमा, सर्वोच्चमा एक घण्टा कालोपट्टिसहित धर्ना (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन शुरु गरेको छ ।

बारले आजदेखि कालोपट्टि बाँधेर विरोध कार्यक्रम शुरु गरेको हो । विरोध कार्यक्रम आजदेखि तीन दिनसम्म बारले जनाएको छ। कानून व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ ।

कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिइएको छ । प्रधानन्यायाधीश राणाले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएशनले उहाँको राजीनामा माग्दै विरोधमा उत्रिएको हो ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले पनि राजीनामा नआएसँग आन्दोलन नरोक्ने चेतावनी दिनुभयो ।

यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणा पदमा रहँदासम्म न्यायालय नसुध्रिने भन्दै राणालाई हटाउन आन्दोलन जारी राख्ने बताउनुभयो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल बारले कात्तिक १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने गरी बारले छलफल गरिरहेको छ । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिएको थियो ।

राणाको राजीनामा माग्दै कानून व्यवसायीले आन्दोलन शुरु गरिरहँदा सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलासमा बहिस्कार गरेका छन् । बैठक बसेर ठोस निचोडमा पुग्ने न्यायाधीशहरुको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *