Main News

बार एशोसिएशनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ९:१७
बार एशोसिएशनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना

१४ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।

बारले आजदेखि आउँदो बुधबारसम्म विभिन्न चरणको आन्दोलन गर्न लागेको हो । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ ।

बुधबारसम्ममा प्रधानन्यायाधीश जबराको राजीनामा नआए फेरि बैठक बसेर थप आन्दोलन गर्ने उहाँको भनाइ छ ।

विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेको भन्दै बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । प्रधानन्याधीश जबरा भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *