Main News

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ९:११
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि शुरु हुँदै

१४ कात्तिक २०७८ काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि शुुरु हुँदैछ ।

स्कटल्याण्डको ग्लास्गोमा शुुरु हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा सहभागी हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली त्यसतर्फ गएको छ ।

सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ भेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सी हुनेछ ।

सम्मेलनमा जलवायुसम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ । विश्वका नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।

कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ । कोपमा झण्डै २ सय राष्ट्रहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *