Main News

चोलेन्द्र शैली र प्रवृत्तिको विरोधमा रहेका न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ७:४९
चोलेन्द्र शैली र प्रवृत्तिको विरोधमा रहेका न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने

१४ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शैली र प्रवृत्तिविरुद्ध तथा न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने भएको छन् ।

बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आज कार्यालय आउनुहुने भएको छ । उहाँहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने न्यायाधीशहरुको तयारी छ ।

शुक्रबारको बैठकमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नेबारे सामान्य छलफल गरेका थिए, तर टुंगोमा पुगेका थिएनन् ।

नागरिकको न्याय पाउने हक कुण्ठिन नहोस् भन्नेमा पनि आफूहरू सजग रहेको न्यायाधीशहरुको भनाइ छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्चमा २० न्यायाधीश कार्यरत छन् ।

यसैबीच प्रधानन्यायाधीश राणालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन शुरु गर्ने भएको छ ।

आजदेखि बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने यसअघि नै तय भएको छ । यो अवधिमा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारको योजना छ ।

इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने गरी बारले छलफल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *