Main News

नदीमा नुहाउने क्रममा डुबेर कैलालीमा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ७:२१
नदीमा नुहाउने क्रममा डुबेर कैलालीमा दुई जनाको मृत्यु

१४ कात्तिक २०७८ कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

लागुऔषधसहित तीन पक्राउ
धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताउनुभयो । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *