राजनीति

आफ्नै पूर्वसहकर्मी र राजनीतिक दलप्रति ओलीको यस्तो व्यंग्य र घोचपेच (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते २०:२६
आफ्नै पूर्वसहकर्मी र राजनीतिक दलप्रति ओलीको यस्तो व्यंग्य र घोचपेच (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । नेपाली राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यंग्य र घोचपेच गर्न माहिर हुनुहुन्छ । उहाँको हरेक भाषण व्यंग्य र घोचपेचकै पेरिफेरिमा रहन्छन् । हरेक पटकजस्तै आज पनि अध्यक्ष ओलीले अन्य नेताहरुलाई बाँकी राख्नुभएन ।

एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली उपस्थित हुनुभएको थियो । उहाँले यस कार्यक्रममा पनि अन्य कार्यक्रममा जस्तै सहभागीहरुलाई हसाउँनु भयो, पूर्वसहकर्मीहरुप्रति घोचपेच गर्नुभयो । आफ्नो भाषणको सुरुमै अध्यक्ष ओलीले अहिलेका मन्त्रीहरु भ्रष्टाचारमै लिप्त रहेको आरोप लगाउनुभयो ।

यही प्रसंगमा जोड्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्तो आफूले कथा हालेको नभएर सत्य बोलेको दाबी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री रहँदा घरबाटै बालुवाटारमा भाँडाकुँडा लगेको दाबी गर्नुभयो ।

एमालेबाट फुटेर एकीकृत समाजवादी गठन गर्नुभएका पूर्वसहकर्मी माधवकुमार नेपाललाई त उहाँले हातमा टोपी बोकेर जिल्ला दौडामा हिँडेको भन्दै व्यंग्य गर्नुभयो ।

माधव नेपाललाई मात्र होइन, कांग्रेसलाई पनि ओलीले बाँकी राख्नुभएन । उहाँले राणा, राजा सकेको एमालेले कांग्रेसलाई बाँकी नराख्ने बताउनुभयो । कांग्रेसले इतिहासदेखिनै एमाले सक्न चाहेको र अहिले पनि प्रयास जारी राखेको उल्लेख गर्नुभयो । तर, अहिले कांग्रेस बुढो भएर महाधिवेशन गर्न सक्ने क्षमतै गुमाएको भन्दै व्यंग्य गर्नुभयो ।

आफ्नो सरकार ढाल्ने प्रयास लिम्पियाधुरा लिपुलेक कालापानी सामेल गरेर नक्सा छापेपछि सुरु भएको बताउँदै ओलीले अरु नेताहरुलाई लेण्डुप दोर्जेको संज्ञा दिनुभयो ।

त्यति मात्र होइन ओलीले आफू बिरामी हुँदा पूर्वसहकर्मीहरुको मन उज्यालो हुने र आफू सञ्चो भएपछि बत्ती निभेझैं गरेको पनि भन्न छाड्नुभएन ।

शुभकामना कार्यक्रममा गाली गर्दिन भनेका ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई बर्बराउन थालेको पनि भन्न भ्याउनुभयो ।

करिब एक घण्टा सम्बोधन गरेका ओलीले ‘दिएर कोही आफ्नो नहुने र खौरेर मसिनो नहुने’ उखान हाल्न छुटाउनुभएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्