Main News

काठमाडौंको यटखामा १ सय ८ कुमारी अर्थात कन्या पूजा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १६:२१
काठमाडौंको यटखामा १ सय ८ कुमारी अर्थात कन्या पूजा (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । काठमाडौंको यटखा टोलमा आज १ सय ८ कुमारी अर्थात् कन्या पूजा गरिएको छ।

यटखामा रहेको कुमारी सेवा समितिले गणेश र कुमारसहित १०८ कुमारीको पूजा गरेको हो । नेवार समुदायका बेल विवाह नगरेका १ सय ८ जना बालिकालाई कुमारी पूजामा सहभागी गराइएको थियो ।

नेवार समूदायमा कुमारीको पूजा गर्नाले रोग नलाग्ने र आपत विपत नआउने र सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष हुँदै आएको कुमारी पूजा पोहोर कोरोना महामारीको कारण रोकिएको थियो । तर यसपाली कोरोना कहर कम भएकाले पूजा गरिएको हो ।

पूजामा धार्मिक आस्था राख्ने भक्तजनले इच्छा अनुसार कुमारीहरुलाई नगद, फलफूल, कपडा, कापीकलम समेत दिने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *