Main News
अफगानिस्तानमा अलपत्र थप ३२ जना नेपालको उद्धार (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक १३ गते १६:१२

१३ कात्तिक २०७८ काठमाडौं । अफगानिस्तानमा रहेका बाँकी ३२ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
नेपाल एयरलाइन्सबाट आज बिहान २९ जना र फ्लाई दुबईबाट ३ जना गरी ३२ जनालाई स्वदेश ल्याइएको हो । अब अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मिसनमा खटिएका बाहेक सबै नेपालीको उद्धार भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।
प्रतिक्रिया