Main News
इन्धनमा गरिएको मूल्यवृद्धिको सत्तारुढ दलकै नेताले गरे चर्को विरोध (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक १३ गते १४:३८
१३ कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वका बेला जनता मारमा पार्नेगरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा नेता सिंहले निर्वाचनमा जाने बेलामा मूल्य वृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन नसक्ने अवस्थामा पुर्याएको बताउनुभयो ।
नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताउनु भयो ।
उहाँले १४ औं महाधिवेशनमा पूरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया