अफगानिस्तानमा अलपत्रमध्ये ३२ जना नेपाली आज स्वदेश फर्कँदै

१३ कात्तिक २०७८ काठमाडौं । तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा अलपत्र परेकामध्ये उद्धार हुन बाँकी ३२ जना नेपाली आज काठमाडौं आइपुग्ने भएका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार बिहान नेपाली समय अनुसार पौने ११ बजे उनीहरुको उद्धार गरिएको छ। ती नेपालीलाई हिजो बेलुकी काबुलबाट इरानको राजधानी तेहरान लगिएको छ।
यससँगै उद्धारका लागि निवेदन दिएका सबै नेपालीलाई काबुलबाट उद्धार गरी स्वदेश फर्काइएको छ। ती नेपाली तेहरानबाट दुबई हुँदै आज बिहान पौने १० मा काठमाडौ आइपुग्ने छन्।
नेपाल एयरलाइन्सको जहाजबाट २९ जना र फ्लाई दुबईको जहाजबाट तीनजना नेपाली आउने भएका भारतका लागि नेपाली कार्यवाहक राजदूत रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
गत अगस्ट १५ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै करिब एक हजार नेपाली अलपत्र परेका थिए। अवैध माध्यमबाट अफगानिस्तान पुगेका ती नेपाली भिसाको म्याद सकिएका कारण स्वदेश फर्किनबाट रोकिएका थिए।
प्रतिक्रिया