राजीनामा दिन प्रधानन्यायाधीश राणालाई बारले दियो पाँच दिने अल्टिमेटम (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजीनामा गर्न ५ दिने अल्टिमेटम दिएको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा मागेको बारको आज कार्यसमितिको बैठकबाट दबावमूलक आन्दोलन घोषणा गरेको छ ।
आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारले निर्णय गरेको छ । प्रधानन्यायाधीशले न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले इजलासमा बसेर आदेश वा फैसला नगर्न पनि बारले माग गरेको छ ।
पाँच दिनभित्र समयसिमा भित्र पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। आन्दोलन रहर नभई बाध्यता भएको बारले जनाएको छ ।
सर्वोच्चका अरु न्यायाधीशहरुले इजलासमा बसेर मुद्दा नहेरे पनि प्रधानन्यायाधीश राणाले भने पछिल्ला दिनमा इजलास राखेर बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दा हेर्न थाल्नुभएको छ ।
प्रतिक्रिया