तीनै तहका चुनाव एकै पटक गर्न अध्यक्ष नेपालको प्रस्ताव (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक गर्न सके उपयुक्त हुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने भएकाले स्थानीय तह, प्रदेश र संघको चुनाव एकै पटक गर्दा उपयुक्त हुने बताउनुभयो ।
अध्यक्ष नेपालले पहिले आफ्नो समूहमा रहेका नेताहरुले एमाले रोजेपछि उनीहरुको भविष्य अन्धकारमय भएको टिप्पणी गर्नुभयो । एमालेमा रहेका १० जना स्थायी कमिटी सदस्य प्रति लक्षित गर्दै उहाँ चुनाव पछि लाइट बालेर खोज्नु पर्ने अवस्था आउने तर्क गर्नुभयो ।
नेपालले न्यायालयमाथि केपी शर्मा ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै प्रधानन्याधीश माथी महाअभियोग लागाउने विषयमा सत्तारुढ गठबन्धनमा छलफल नभएको बताउनुभयो ।
प्रतिक्रिया