Main News

पहाडी र हिमाली भूभागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

हिमालय टिभी
२०७८ कार्तिक १२ गते ९:१७
पहाडी र हिमाली भूभागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

१२ कात्तिक २०७८ काठमाडौं । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली भए पनि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने भएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाले उल्लेख गरेको छ ।

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *