Main News

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

हिमालय टिभी
२०७८ कार्तिक १२ गते ९:०६
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

१२ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैकठमा मङ्सिर १० देखि १२ गतेसम्म तय गरिएको राष्ट्रिय महाधिवेशनका विषयमा छलफल केन्द्रित हुने नेता विशाल भट्टरार्ईले जानकारी दिनुभयो ।

आजको बैठकमा महाधिवेशन प्रतिनिधि छनोट र महाधिवेशनको तयारी व्यवस्थापनका विषयमा छलफल हुनेछ ।

नेकपा एमालेले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *