Main News
संसद बैठक अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
२०७८ कार्तिक ११ गते २०:४७

११ कात्तिक २०७८ काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति समक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
गत भदौ २३ गते सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनका १३ वटै बैठकमा एमालेले अवरोध गर्यो । लगातार एमालेको अवरोध कायम रहेपछि संसद बेकामे बनेको थियो ।
आज मध्यरात १२ बजेदेखि लागुहुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । यस्तै, मन्त्रिपरिषद् बैठकले तीन देशमा राजदूत सिफारिस पनि गरेको छ ।
यस्तै, भारतको मानार्थ महारथीको सम्मान लिन प्रधानसेनापति प्रभुराम शर्मालाई नयाँ दिल्ली जान मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
प्रतिक्रिया