Main News

राहदानी विभागमा डीभी भर्न चाहनेहरुको भिडभाड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ११ गते १३:४०
राहदानी विभागमा डीभी भर्न चाहनेहरुको भिडभाड (भिडियो रिपोर्टसहित)

११ कात्तिक २०७८ काठमाडौं । काठमाडौंको नारायणहिटीमा रहेको राहदानी विभागमा हिजो–आज भिड बढेको देख्न पाइन्छ । रोजगारीका लागि विदेश जान चाहने युवा मात्र होइन, अमेरिकी लट्री भिसा अर्थात् डीभी भर्ने चाहना राख्नेहरु पनि राहदानी बनाउन विभाग पुग्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा जान चाहने मात्र होइन, अमेरिकाको डीभी भर्न चाहनेहरुका लागि पनि राहदानी आवश्यक भएसँगै राहदानी बनाउनेको संख्या ह्वातै बढेको छ । दैनिक १५ सय नारायणहिटीमा रहेको राहदानी विभागमा पुग्ने गर्छन् ।

विभिन्न जिल्लाबाट पनि प्रशासन कार्यालय मार्फत दैनिक १५ सयकै संख्यामा राहदानी बनाउँनका निवेदन पर्ने गरेको छ । राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जान चाहनेहरुको संख्या बढेका बेला पछिल्लो पटक अमेरिकाको डीभी भर्नका लागि राहदानी नम्बर आवश्यक पर्ने भएकाले पनि राहदानी बनाउनेको संख्या बढेको छ ।

विभागमा राहदानि बनाउनेको चाप बढेको र राहदानि विभागबाट दैनिक तीन हजार जनालाई सेवा दिँदै आइरहेको राहादानी विभागका निर्देशक तथा प्रवक्ता शरदराज आरण बताउनुहुन्छ ।

कोरोना महामारी केही कम भएपनि भिडभाडमा जोखिम छ । तर, राहदानी विभागमा स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको भने पाइदैन । राहादानि विभागमा राहादानिका लागि आउने सेवाग्राहीहरुले भने सेवा प्रवाह छिटो र चुस्त नभएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *