Main News

काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक ११ गते ९:२९
काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

११ कात्तिक २०७८ काठमाडौं । काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । गएराति बा ४ ख ८७२५ नम्बरको टिपरले बागमती प्रदेश ०२०३० प ९५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पर्साका २६ वर्षका सुनिल प्रसाद महतोको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

दुर्घटनापछि घाइते भएका महतोको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो । उहाँ पठाओ राइडर भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ललितपुर टिकाथली बस्दै आएका रामेछापका ३० वर्षका अम्बर बहादुर पहरीको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *