Main News

प्रतिनिधि सभाको बैठक दिउँसो बस्दै

हिमालय टिभी
२०७८ कार्तिक ११ गते ९:११
प्रतिनिधि सभाको बैठक दिउँसो बस्दै

११ कात्तिक २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि कात्तिक ९ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै आजलाई सारिएको हो ।

प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो । गत भदौ २३ देखि बसेको संसद् बैठकले प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीकै बीच पनि सदनको काम अघि बढाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *