Main News

आज पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्न पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७८ कार्तिक ११ गते ९:०५
आज पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्न पानी पर्ने सम्भावना

११ कात्तिक २०७८ काठमाडौं । आज पहाडी भेगका एक दुईठाउँमा फाट्टफुट्न पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले पानी पार्ने प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने सम्भावना भने कतैपनि नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा आज हल्का हिमपात पनि हुनेछ ।

पहाडी भेगका एकदुई ठाउँमा फाट्टफुट्ट वर्षासँगै हल्का हिमपात हुने भएकाले खेती र यात्रा गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभयो ।

आज दिउँसो देशभर कतै घाम लाग्ने र कतै बादल लाग्ने पनि मौसमविद् मानन्धरको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *