Main News

कहिलेबाट पस्यो सर्वोच्चमा सिंहदरबार र सिंहदरबारमा सर्वोच्च ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते २०:३०
कहिलेबाट पस्यो सर्वोच्चमा सिंहदरबार र सिंहदरबारमा सर्वोच्च ?(भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ काठमाडौं । राज्यका अंगहरुले शक्तिपृथकीकरणको सिद्धान्तलाई ख्याल नगर्दा पछिल्लो पटक न्यायालय विवादको केन्द्रमा परेको छ । कुन अंगको भूमिका के रहने भन्दा पनि नेतृत्वमा रहनेहरुको निहित स्वार्थले अंगहरुको साख गिर्दै गएको हो ।

जब तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी सिंहदरबार पसे, त्यही बेलादेखि सिंहदरबार सर्वोच्च अदालतमा पस्यो । न्यायालयले गर्ने फैसलामा राजनीतिक प्रभावको सिलसिला शुरु भयो, र त्यसले निरन्तरता पाइ नै रह्यो ।

कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्धलाई सन्तुलनमा राख्ने र वाचडगका रुपमा काम गर्ने अंग हो न्यायपालिका । प्रधानन्यायाधीशबाट राजीनामा नदिई रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेपछि न्यायालय र कार्यपालिकाबीचको सम्बन्धले नयाँ मोड लियो । न्यायालयमा राजनीतिले प्रश्रय पायो । न्यायाधीशहरु राजनीतिक भागबण्डामा नियुक्त हुन थाले ।

सर्वोच्चकै बहालवाला न्यायाधीशको प्रतिवेदन अनुसार न्यायालयमा अनियमितता र विचौलियाले प्रश्रय पाइरहेको छ । न्यायालयमा पुगेकाहरु राजनीतिको प्रभावमा परिरहेका छन् । न्यायपरिषदमा राजनीतिक नियुक्ति हुनुको फाइदा राजनीतिक दलहरुले पनि लिइरहेका छन् ।

चोलेन्द्र शम्शेर जबरा पनि राजनीतिक भागबण्डबाटै सर्वोच्च अदालतको सर्वोच्च पदमा पुग्नु भएको हो । अदालतमा विकृति विसंगति प्रवेश गरिसकेको यो अवस्थामा अब व्यापक सुधारको आवस्यकता देख्नुहुन्छ, सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी ।

खिलराज रेग्मीपछि नियुक्त भएका सात जना प्रधानन्यायाधीशमध्ये अधिकांश विवादमा परेका छन् । यसले पनि यो देखाउँछ की न्यायालयमा बेथिति भित्रिनुमा व्यक्तिभन्दा पनि व्यवस्था दोषी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *