Main News

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन नागरिक आन्दोलनको माग

हिमालय टिभी
२०७८ कार्तिक १० गते १८:३०
प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन नागरिक आन्दोलनको माग

१० कात्तिक २०७८ काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरामाथि महाभियोग लगाउन माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकामाथि जनआस्था घट्दै गएको भन्दै बृहत् आन्दोलनले महाभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।

आन्दोलनले एक विज्ञप्ति जारी गर्दै न्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद् र न्याय परिषदका संरचना पुनरावलोकन तथा न्यायपालिकाप्रति जनभरोसा कायम गर्न आवश्यक पारदर्शीपूर्ण जवाफदेहिताको संयन्त्रबारे संविधान संशोधन गर्ने आवश्यकता दलहरुले आत्मसात गर्नुपर्नेसमेत सुझाव दिएको छ ।

न्यायपालिकामा देखापरेको संकट समाधानतर्फ जिम्मेवार हुनुको सट्टा सत्ता र प्रतिपक्षका दलहरुबीच प्रतिशोध साँध्ने प्रतिस्पर्धा देखिनु गैर राजनीतिक व्यवहार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *