Main News

विश्वास जोगाउन प्रधानन्यायाधीश जबराले जवाफ दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते १६:१२
विश्वास जोगाउन प्रधानन्यायाधीश जबराले जवाफ दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयप्रतिको विश्वास जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले जवाफ दिनुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेकाले इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा दलहरुले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले दलहले छलफल गरेर महाभियोगको बाटो समात्न सक्ने पनि बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले केपी शर्मा ओलीले आफ्नो गठबन्धनको काम गर्नका लागि दीपक जोशीलाई फालेर राणालाई प्रधानन्यायाधीश बनाउन भूमिका खेलेको पनि आरोप लगाउनुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले आरोपको छिनोफानो नहोउन्जेल राणालाई बिदामा बस्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *