Main News

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

हिमालय टिभी
२०७८ कार्तिक १० गते १३:५६
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

१० कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनु हुने भएको छ । आज प्रदेशसभामा विश्वासमा मत लिने दिन उहाँले राजीनामा दिन लाग्नु भएको हो ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्न लाग्नु भएको बताइएको छ । प्रदेशसभा बैठक केहीबेरमा बस्दैछ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ को प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा हुनुहुन्छ भने विपक्षी गठबन्धनको बहुमत छ । शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिने तयारी गर्नु भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *