Main News

बागमती प्रदेश मुख्यमन्त्री शाक्यको पदको छिनोफानो आज हुँदै

हिमालय टिभी
२०७८ कार्तिक १० गते ८:०९
बागमती प्रदेश मुख्यमन्त्री शाक्यको पदको छिनोफानो आज हुँदै

१० कात्तिक २०७८ काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन संभावित कार्यसूचि राखिएको छ ।

तर आजको बैठकमा पनि विश्वासको मतका लागि सत्तारुढ नेकपा एमाले तयार छैन । एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धी प्रदेश संसदको नियमावली संशोधन गर्न माग गरेको छ ।

सर्वोच्च अदालतको नो भोट समबन्धि फैसला गरेकाले त्यसलाई संसदको नियमावलीमा समावेश गर्नुपर्ने एमालेको माग छ । प्रदेश संसद नियमावलीमा नो भोटको व्यवस्था छैन ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ को प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा हुनुहुन्छ भने विपक्षी गठबन्धनको बहुमत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *