सर्वोच्चका १५ जना न्यायाधीशले आज पनि प्रधानन्यायाधीशसँग छलफल गर्ने
१० कात्तिक २०७८ काठमाडौं । सर्वोच्च अदालतका १५ न्यायाधीशले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग छलफल गर्ने भएका छन् ।
बिहान साढे ११ बजे आन्तरिक छलफलपछि न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्ने भएका हुन् । दुई दिनदेखि इजलाश समेत अघोषित रुपमा बहिस्कार गर्दै आएका न्यायाधीशहरुले आज पनि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाव दिने भएका हुन् ।
तर हिजोको छलफलमा प्रधानन्यायाधीश जबराले तत्कालिन संवैधानिक इजलाशमा रहेका अरु चार जना न्यायाधीशहरुले राजीनामा दिए आफु पनि तयार हुने तर एक्लै राजीनामा नदिने अडान राख्नुभएको थियो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका १५ न्यायाधीशले अघोषित इजलाश बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका छन्। उनीहरु दुई दिनदेखि मुद्दा सुनुवाइमा सहभागी भएका छैनन् ।
प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु इजलास बहिष्कारलाई निरन्तरता दिने पक्षमा गएका हुन । फुलकोर्ट बैठक समेत बहिस्कार गरेका न्यायाधीशहरुले आज पुन प्रधानन्यायाधीश जबरासँग निकासबारे छलफल गर्ने र अझै केही दिन इजलासमा सहभागी नहुने निष्कर्षमा पुगेका छन ।
नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार, पूर्वन्यायाधीश फोरम, पूर्वप्रधानन्यायाधीशहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सुझाव दिएका छन । मन्त्रिपरिषद्मा भाग मागेकोलगायतका विषयले प्रधानन्यायाधीश जबरा पछिल्लो समय विवादमा तानिनु भएको छ ।
प्रतिक्रिया