Main News

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समितिको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १९:०३
प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समितिको सुझाव (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशन सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अविलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएको छ ।

बैठकमा बारका ३७ सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

सल्लाहकार समितिसहितको बैठकमा आएका सुझावका आधारमा बारले निर्णय गर्नुपर्ने अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिनुभयो ।

सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधाीश राणा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनले न्यायालयमा बिचौलिया रहेको औंल्याएको भन्दै थापाले त्यसलाई कार्यान्वयन नगरी रोक्न स्वयं प्रधानन्यायाधीश जबरा सक्रिय रहेको थापाको आरोप छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *