१४ महिना कार्यकाल बाँकी छँदै प्रधानन्यायाधीश जबराको पद धरापमा

९ कात्तिक २०७८ काठमाडौं । चार वर्षका लागि प्रधानन्यायाधीश नियुक्त भएका चोलेन्द्र शम्शेर जबराको पद १४ महिना बाँकी छँदै धरापमा परेको छ।
सिंगो न्याय क्षेत्र नै प्रधानन्यायाधीश राणाले राजीनामा दिएर न्यायपालिकाको गरिमा जोगाउनुपर्ने निष्कर्षमा पुगेपछि उहाँमाथि राजीनामाको दबाब बढिरहेको छ ।
न्यायालयभित्रको विवादका कारण न्यायाधीशहरूले हिजो तोकिएका सातवटै इजालसमा गएर कुनै पनि मुद्दाको सुनुवाइसमेत गरेनन्।
अर्कातिर नेपाल बार एशोसिएशन, सर्वोच्च बार र पूर्वन्यायाधीशहरुको संगठन तथा चार पूर्व प्रधानन्यायाधीशको दबाबका कारण प्रधानन्यायाधीश जबरा राजीनामाको चौतर्फी दबाबमा हुनुहुन्छ ।
न्यायालयको साख जोगाउन र स्वतन्त्र न्यायपालिकाको अस्तित्व बचाउन पनि उहाँको बहिर्गमन पहिलो सर्त बनाएर न्यायाधीशहरूले भद्र विद्रोह गरिसकेका छन्।
प्रधानन्यायाधीश जबराको कार्यकाल अझै आगामी २०७९ मंसिर १४ सम्म छ। मुलुकको २८ औँ प्रधानन्यायाधीश बनेका जबराले अहिले राजीनामा दिए वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश हुने अवस्था छ।
प्रतिक्रिया