Main News

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, ७७६ संक्रमित थपिँदा ५०१ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १६:४६
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, ७७६ संक्रमित थपिँदा ५०१ संक्रमणमुक्त

८ कात्तिक २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ भने ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षणमा ६ सय ७३ र २ हजार ५ सय ८० जनाको एन्टीजेन परीक्षणमा १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको ७ दशमलब एक चार प्रतिशत हो । पछिल्लो पटक थपिएका संक्रमितमा पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकाका २ सय २७ जना छन् ।

जसमा काठमाडौंका १ सय ८५, ललितपुरका ३३ र भक्तपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यका बाहिर सबैभन्दा धेरै झापामा ७८ जना संक्रमित थपिएका छन ।

थप १३ जनाको मृत्यु भएसंगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ । पछिल्लो पटक ५ सय १ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ६० मा झरेको छ । थप ५७ हजार ६ सय १० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *