Main News
सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन
२०७८ कार्तिक ८ गते १४:०१

८ कात्तिक २०७८ काठमाडौं । न्यायाधीशहरु उपस्थित नहुँदा आज सर्वोच्च अदालतको कुनै पनि इजलास बस्न सकेको छैन ।
आज तोकिएका सातवटा इजलासमा अहिलेसम्म कुनै मुद्दाको सुनुवाइ नभएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दिउँसो बोलाएको पूर्ण बैठक बहिष्कार घोषणा गरेका न्यायाधीशहरु इजलासमा समेत नगएका हुन ।
न्यायाधीशहरू विहानदेखि नै छुट्टै बैठकमा बसिरहेका छन । १४ न्यायाधीशले हिजो ‘फूल कोर्ट’ बहिष्कार गर्ने घोषणा गरे पनि मुद्दाको सुनुवाइ गर्ने बताएका थिए।
तर उनीहरु कोही पनि मुद्दाको सुनुवाइका लागि इजलासमा पसेकै छैनन्। सर्वोच्चका पाँच जना न्यायाधीश भने काठमाडौं बाहिर छन्।
प्रतिक्रिया