Main News

पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु, ६० जना घाइते

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १३:४४
पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु, ६० जना घाइते

८ कात्तिक २०७८ पाँचथर । पाँचथरको सरखण्डेमा यात्रुबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।

जसमध्ये गम्भिर अवस्थाका ४ जनालाई उपचारका लागि अन्यत्र लैजान रिफर गरिएपनि एम्बुलेन्स अभाव भएको प्रहरीले जनाएको छ । सिवाखोलाबाट फिदिमका लागि छुटेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ ।

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *