राजनीति

ओलीको झापा भ्रमणः टिकटक बनाउनसमेत तम्सिएपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते २०:५५
ओलीको झापा भ्रमणः टिकटक बनाउनसमेत तम्सिएपछि… (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । सामान्यत पार्टीको कामका लागि गृह जिल्ला पुग्ने गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यो पटकको झापा भ्रमणमा केही रोचक दृश्य देखियो । गृह जिल्ला टेकेलगत्तै बुवासँग भेट्न भद्रपुर १ स्थित घर पुगेका ओली छरछिमेक र आफन्तसँग फोटो खिच्न मात्र होइन, टिकटक बनाउनसमेत तम्सिनुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं विमानस्थलमै रहँदा झापा पुगेर पहिले बुबालाई भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो । भद्रपुर विमानस्थलमा ओलीलाई स्वागत गर्न बसेकाहरु पनि यसबारे बेखबर थिए ।

अन्तिम समयमा मात्र खबर पाएको सुरक्षा निकायले पनि हतारमा सुरक्षा व्यवस्था मिलाएपछि विमानस्थलबाट ओली सिधै भद्रपुर नगरपालिका वडा नम्बर १ पुग्नुभयो ।

साथमा स्थायी कमिटी सदस्य लेखराज भट्ट र केही सञ्चारकर्मी लिएर पुगेका ओलीलाई भेट्न घरमा कार्यकर्ता थिएनन् । बरु आफन्त र छरछिमेकी धेरै थिए ।

बुवासँग केहीबेर भलाकुसारी गरिसकेपछि ओलीले आफूसँग फोटो खिच्न र टिकटक बनाउन चाहनेका लागि समेत समय दिनुभयो ।

ओेलीसँग फोटो खिच्न र टिकटक बनाउन पाउँदा छिमेकी पनि दंग देखिन्थे ।

ज्योतिषी समेत रहेका बुवा मोहनप्रसाद ओलीले केपी शर्मा ओली आउँदो फागुनसम्ममा फेरि प्रधानमन्त्री बन्ने योग रहेको बताउनुभयो ।

पार्टीका कार्यक्रममा सहभागी हुन झापा पुगेका ओली मंगलबार काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्