Main News

अमेरिकी कम्पनी फाइजर बायोएनटेकको एक लाख डोज खोप नेपाल आउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते २०:४८
अमेरिकी कम्पनी फाइजर बायोएनटेकको एक लाख डोज खोप नेपाल आउने  (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । सोमबार अमेरिकी कम्पनी फाइजर बायोएनटेकको एक लाख डोज खोप नेपाल आउने भएको छ । उक्त खोप सरकारले १२ बर्षभन्दा माथिका दीर्घरोगीले पाउने छन्। यो खोप कात्तिक २८ गतेबाट लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाबाट यसपटक आउन लागेको फाइजरको १ लाख डोज खोप १२ वर्षमाथिका दीर्घ रोगग्रस्त बालबालिलाई लक्षित गरिएको छ । यस्ता बालबालिकालाई आगामी कात्तिक २८ गतेबाट खोप दिन शुरु गरिनेछ । खोप लगाउन चाहने १२ वर्षमाथिका दीर्घ रोगीले आफू दीर्घरोगी भएको प्रमाण तथा अस्पतालमा चेकजाँच गर्ने कागजपत्र लिएर तोकिएको स्थानमा जानुपर्नेछ ।

दीर्घरोगी बालबालिकालाई खोप लगाउन खटिने स्वास्थ्यकर्मीलाई सरकारले अभिमुखीकरण तालिमसमेत दिने भएको छ ।

नेपालमा करिब ३० लाख किशोरकिशोरी तथा बालबालिका छन् । सरकारले बालबालिकालाई नै लक्षित गरेर ६० लाख डोज खोप ल्याउन सम्झौता गरिसकेको छ ।

नेपालमा हालसम्म झण्डै ८६ लाखले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् झण्डै ६६ लाखले पूर्णमात्र खोप लगाईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *