Main News

बारले भन्यो–प्रधानन्यायाधीशको राजीनामा मागिएको छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १८:१५
बारले भन्यो–प्रधानन्यायाधीशको राजीनामा मागिएको छैन (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पार्नुभएको छ ।

यस्तै पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैले भोग्नुपर्ने अवस्था आएको तर्क गर्नु भयो ।

उहाँले न्यायालयको सुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले न्यायालयमा विचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *