Main News

म्यान्मारमा ‘ह्वाइट जेड’बाट निर्मित बुद्धमूर्ति भैरहवामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १५:५७
म्यान्मारमा ‘ह्वाइट जेड’बाट निर्मित बुद्धमूर्ति भैरहवामा (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ काठमाडौं । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने बुद्धमूर्ति भैरहवा आइपुगेको छ। भैरहवा आएको बुद्धमूर्तिको भैरहवाका बासिन्दाले आज स्वागत गरेका छन् ।

भैरहवा भन्सार आइपुगेको मूर्तिलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ । लुम्बिनीमा पनि परिक्रमा गराई यो मूर्ति भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्थापन गरिनेछ । यो बुद्धमूर्तिको कार्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम तय भएको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतम बुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने विश्वास छ ।

साढे दुई अर्ब रुपैयाँ भन्दा बढी मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित यो बुद्ध मूर्ति म्यान्मारको खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले उसकै खर्चमा निर्माण गरेको हो ।

यो बुद्ध मूर्ति एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *