Main News
सरकारको कामबाट प्रधानमन्त्रीकै पार्टी कांग्रेसका नेता असन्तुष्ट (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक ५ गते १६:३९

५ कात्तिक २०७८ काठमाडौं । मुख्य सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ ।
नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको र यसले युवाहरुलाई निराश बनाएको बताउनुभयो ।
नेता थापाले विगतदेखिकै सरकारले नागरिकको चाहनाअनुसार काम गर्न नसकेका कारण अहिलेको व्यवस्थाप्रति नै नागरिकमा निराशा देखिन थालेको बताउनुभयो ।
नेता थापाले विश्व अर्थतन्त्रका दुई खम्बा भारत र चीनको बिचमा रहेको नेपाललाई यी दुई देशबाट फाइदा लिने अवसर रहेको भन्दै थापाले यो मौका चुकाउन नहुने बताउनुभयो ।
प्रतिक्रिया