Main News

खेर गइरहेको विद्युत व्यवस्थापन चुनौतिपूर्णः निर्देशक घिसिङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते १६:३५
खेर गइरहेको विद्युत व्यवस्थापन चुनौतिपूर्णः निर्देशक घिसिङ (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै ५ सय मेगावाट विद्युत खेर गइरहेको भन्दै यसको व्यवस्थापन गर्नु प्रमुख चुनौती भएको बताउनुभएको छ ।

प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले तत्काल विद्युत विक्री गर्न सक्ने अवस्था नभए पनि आन्तरिक खपत बढाएर विद्युत व्यवस्थापन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

भारत, बंगलादेश लगायत मुलुकलाई विद्युत विक्रीका लागि प्राधिकरणले पहल गरिरहेको भन्दै प्रबन्ध निर्देशक घिसिङले राजनीतिक दल तथा सरकारीस्तरबाट पनि पहल गरिनुपर्ने बताउनुभयो ।

प्राधिकरणले थप दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको समेत घिसिङले जानकारी दिनुभयो । त्यसबाहेक ४ सय ५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने उहाँको भनाइ छ ।

प्रबन्ध निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउनेतर्फ प्राधिकरण बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *