Main News

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

हिमालय टिभी
२०७८ कार्तिक ४ गते ८:५६
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

४ कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ को प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । तर लगत्तै आज बस्ने गरी प्रदेशसभा स्थगित गरिएको थियो ।

आजको बैठकमा लिने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको देशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

प्रदेश १ को प्रदेशसभा बैठक भोलिका लागि बोलाइएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण दुवै प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन बाध्य भएका हुन् । बागमती र प्रदेश १ दुबैमा सत्तारुढ नेकपा एमाले अल्पमतमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *