Main News

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, ६६२ संक्रमित थपिँदा ७५८ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १७:३८
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, ६६२ संक्रमित थपिँदा ७५८ संक्रमणमुक्त

३ कात्तिक २०७८ काठमाडौं । नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ जनाको पीसीआर परीक्षणमा ५ सय ३५ र १ हजार ४ सय ४ जनाको एन्टीजेन परीक्षणमा १ सय २७ जनामा संक्रमण देखिएको छ ।

यो कूल परीक्षणको ७ दशमलब आठ पांच प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका २ सय ५० जना छन् । जसमा काठमाडौंका १ सय ९२, ललितपुरका ३५ र भक्तपुरका २३ जना छन् ।

उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा ३८ जना संक्रमित थपिएका छन् । थप १३ जनाको मृत्यु भएपछि देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।

थप ७ सय ५८ जना संक्रमणमुक्त भएका छन । देशभर संक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो पटक ९ हजार ८ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *