राजनीति

एमाले वडा अधिवेशनः आम कार्यकर्तामा छैन उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १७:१४
एमाले वडा अधिवेशनः आम कार्यकर्तामा छैन उत्साह (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधिवेशनमा जुटेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा रहेको एमालेले कात्तिकको पहिलो साता देशभरका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेले गर्न लागेको वडा अधिवेशन र पालिका अधिवेशनको माहोल भने खासै तातिएको छैन ।

संवैधानिक बाध्यता र कार्यकर्तालाई अल्झाइराख्न पनि नेपालका मुख्य राजनीतिक दलहरुमा अधिवेशनको चटारो छ। सत्तारुढ कांग्रेसले क्रियाशिल सदस्यता विवाद निरुपण नहुँदा किस्तामा स्थानीय र जिल्ला अधिवेशन गरेको छ भने मुलुककै सबैभन्दा ठूलो दल नेकपा एमाले पनि महाधिवेशनको प्रक्रियामा होमिएको छ । केही समय अघि विधान महधिवेशन गरेको एमालेले ६ गतेबाट वडा अधिवेशन सुरु गर्न लागेको हो ।

विधान महाधिवेशन नै अध्यक्ष केपी शर्मा ओलीको आकार हेरेर कोट सिलाए जस्तो भन्ने आरोप लागिरहेका बेला एमालेका वडादेखि केन्द्रसम्मका अधिवेशन पनि ओलीको नेतृत्वलाई पुन स्थापित गर्ने र एमाले फुटलाई मनको लड्डु सही बिर्साउन उद्यत हुने प्रष्ट भएपनि एमाले सचिव प्रदीप ज्ञवाली भने विधान अधिवेशन पार्टीको जीवनमा कोसेढुंगा देख्नुहुन्छ ।

तर देशकै ठूलो दल र उसको वडा अधिवेशन हुँदै गर्दा आम कार्यकर्तामा उत्साह नदेखिनुले पनि कतै अधिवेशन नै औपचारिकतामात्र हुने त होइन भन्ने पनि प्रश्न उठाएको छ। कार्यकर्तालाई चाडको रन्कोले नछोड्दै गर्न लागिएको वडा र स्थानीय अधिवेशन एमालेको बाध्यता पनि हो । औपचारिकता र कार्यकर्तालाई पद दिने र पार्टीले लेबी लिनेभन्दा बढी अधिवेशनले के गर्छ र ?

फुटको पीडा बिर्साउन र एमालेलाई तल्लो तहसम्म पुनर्गठन गर्दै आगरुक बनाउन पनि अधिवेशन महत्वपूर्ण हुने ज्ञवालीको अपेक्षा छ।

कात्तिक ६ गते देशैभरका ६ हजार ७४३ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्