Main News

सुदूरपश्चिम प्रदेश सरकारले विपद व्यवस्थापनका लागि छुट्यायो २५ करोड

हिमालय टिभी
२०७८ कार्तिक २ गते १९:१३
सुदूरपश्चिम प्रदेश सरकारले विपद व्यवस्थापनका लागि छुट्यायो २५ करोड

२ कात्तिक २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपतकालीन बैठकले विपदबाट प्रभावित परिवारलाई जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्धार गर्नका लागि सो कोषमा रकम विनियोजन गरेको हो ।

शनिबार रातीदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुगेको छ । पहिरोमा परेर प्रदेशको डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको थियो ।

प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५/२५ लाख विनियोजन गरेको छ ।

‘त्यो रकम अहिलेको तत्कालका लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँने छौं’ आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले भनिन्, –अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *