Main News

बाँकेका अनशनकारीको आन्दोलन स्थगित, छानबिन समिति गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २ गते १८:००
बाँकेका अनशनकारीको आन्दोलन स्थगित, छानबिन समिति गठन (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ताबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

आन्दोलनरत पक्षको नेतृत्व गरेकी रुबी खान र सरबारबीच भएको सहमतिअनुसार गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।

समितिले घटनाको अनुसन्धान गरी एक साताभित्र प्रतिबेदन बुझाउने भएको छ । घटनाको छानविनका लागि सरकारले समिति गठन गरेपछि आन्दोलनरत पक्षले आजै अनशन तोडेको छ ।

माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाउनु भएको हो ।

अनसन तोडेपछि अधिकारकर्मी रुबी खानले सरकारले आज भएको सहमति अक्षरस पालना नगरे आफूहरुले फेरि कडा आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ताबारे छानविनको माग गर्दै काठमाडौं आएकी खानको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँ सहमतिपछि अनसन तोड्न आन्दोलन भइरहेको स्थान माइतीघर पुग्नुभएको हो। जिल्ला र प्रदेशमा न्याय नपाएको भन्दै १६ जनाको समुह २० दिन हिँडेर बाँकेबाट काठमाडौं आई धर्ना र अनशन बसेको थियो । धर्नाको १३ औं दिनमा सहमति भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *