बाढीपहिरो र डुबान प्रभावितको उद्धारमा तत्काल जुट्न प्रधानमन्त्रीको निर्देशन
२ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई सरकारी निवास बालुवाटारमा बोलाएर मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।
तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया